माधब पौडेल , बैशाख १६ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक विद्यालय मोतिबस्तीले शनिबार सफल अभिभावकतब सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्यक्रमको सभापति सरस्वती माध्यमिक विद्यालय मोतिबस्तीका शिक्षक अभिभावक संघका अध्यक्ष मीन बहादुर तामाङ, प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापा, विशिष्ट अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर सुनार, निवर्तमान वडाध्यक्ष सन्तकुमार चौधरी अभिभावकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियोे । ग्लोबल स्किलडेभलपमेन्ट नेपालका प्रबन्ध निर्देशक क्षेत्र प्रसाद ज्ञवालीले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई एकै मञ्चमा प्रेरणादायक अभिमुखिकरण गर्नु भएको थियो । आफ्ना बालबालिकाहरुलाई सत्मार्ग कसरी हिड्न सिकाउने, घरमा कसरी शिक्षा दिने लगायतका विषयमा ज्ञवालीले प्रशिक्षण दिनु भएको हो ।
बालबालिकाका लागि शिक्षा सिकाउने पहिलो थलो घर र आमाबुवा भएकोले बालबालिकालाई संस्कार सिकाउने मुख्य कर्तव्य अभिभावकले पालना गर्नुपर्ने प्रशिक्षक ज्ञवालीको भनाइ छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर सुनारले विद्यालय व्यवस्थापन समितिले अभिभावकलाई सहभागी गरी अभिमुखीकरण कार्यक्रम गराउन पाउँदा खुशी लागेको बताउँदै हामी शिक्षक, अभिभावक र विद्यार्थी समन्वय गरेर अगाडि बढ्न सके शिक्षालाई अझै प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
पुनर्वास नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष सन्त कुमार चौधरीले कार्यक्रमका प्रशिक्षक ज्ञवालीलाई धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रमबाट धेरै नयाँ सीप र ज्ञानका कुरा सिक्नका लागि यस्ता अभिमुखिकरण कार्यक्रम पुनर्वास नगरपालिका भित्रका सबै विद्यालयमा गर्न सके शिक्षा फड्को मार्ने बताउनु भयो । कार्यक्रम समापनका क्रममा बोल्दै कार्यक्रम सभापति मीन बहादुर तामाङले आजको कार्यक्रमबाट धेरै कुरा सिकेको बताउदै कार्यक्रममा सहभागी सम्पुर्णमा धन्यवाद दिनुभयो ।
कार्यक्रमको सहजीकरण सरस्वती माध्यमिक विद्यालय मोतीबस्तीका सहायक प्रधानाध्यापक महाबिर चन्दले गर्नुभएको थियो । नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम जारी रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद पौडेलले शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालयले यस शैक्षिक सत्रमा कक्षा १ देखि १० कक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस