बेलौरी , ०९ बैशाख । कञ्चनपुरको बेलौरीमा रहेको बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सदस्य पदमा मतदान जारी रहेको छ। बुधबार साँझ प्रकाशन गरिएको सूचीमा अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र सदस्यमा सहमति नजुटेपछि निर्वाचनमा गएको हो। सदस्य पदका लागि ८ जनाको सदस्य निर्वाचित गर्न परेपनी १२ जनाको उम्मेद्बारी परेको थियो । निर्वाचन संयोजक नारायण सिंह ऐरीले दिनुभएको जानकारी अनुसार अध्यक्ष पदमा हिरासिंह बिष्ट र लक्ष्मीनारायण चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट (हिरासिंह बिष्ट प्यानलबाट) र जल बहादुर चौधरी (लक्ष्मीनारायण चौधरी प्यानलबाट) को उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीका लागि भने हिरासिंह बिष्ट प्यानलबाट एकल उम्मेदवारी परेको छ । उद्योग उपाध्यक्षमा विजयलक्ष्मी श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा हरिप्रसाद खरेल, महासचिवमा गोविन्द प्रसाद सापकोटा, सचिवमा वसन्त पुन मगर, कोषाध्यक्षमा महेन्द्र सिंह बुडालको एकल उम्मेदवारी परेको हो । उहाँहरू निर्विरोध निर्वाचित भइसके पनि निर्वाचन समितिले घोषणा भने गर्न बाँकी छ ।
आठ जना सदस्य पदका लागि हिरासिंह बिष्ट प्यानलबाट देव बहादुर शाही, भवेश्वर पाण्डेय, यम बहादुर खत्री, कृष्ण प्रसाद बगाले, विष्णुमाया अर्याल, तारासिंह बिष्ट, घनराज सुवेदी र दिनेश बहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने लक्ष्मीनारायण चौधरी प्यानलबाट आशिष् सुनार, दिनेश चौधरी, रामेश्वर न्यौपाने र खडक बहादुर चौधरीको उम्मेदवारी दर्ता भएको बताइएको छ । बेलौरी उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि अहिलेसम्म २०५ जना मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ। यस पटक जम्मा ५ सय ८३ जनाले मतदान गर्न पाउनेछन । मतदान कार्यक्रम अपरान्ह ४ बजे सम्म समय राखिएको छ। मतदान सम्पन्न भए पश्चात् आचारसंहिता बनाइ मतगणना गरिने निर्वाचन संयोजन ऐरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस