२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बाघ सुरक्षाकर्मीकाे नियन्त्रणमा,आक्रमणमा परेकी महिलाकाे शव भेटियाे


  • २०८० बैशाख ९, शनिबार मा प्रकाशित २ साल अघि
  • ४८४ पाठक संख्या
  • बेलाैरी, बैशाख ९ । कञ्चनपुरकाे बेलाैरी नगरपालिका-८ पचुइकी गङ्गा चन्दको शव २२ घन्टापछि फेला परेको छ। शनिवार उनकाे शव खप्टी नालाकाे दलदलमा फेला परेकाे हाे । शव परिक्षणका लागि श्रीपुर प्रथामिक केन्द्र बेलौरीमा पठाइएको प्रहरीले जनाएको छ।
    महिलालाई आक्रमण गर्ने नरभक्षी बाघ शनिबार बिहान ८ बजे सुरक्षाकर्मीकाे नियन्त्रणमा आईसकेकाे छ । विषेश सुरक्षा टाेली सहित रातभर चार हात्ती लगाएर खाेज तलासमा लागेकाे थियाे । प्रविधिक कठिनाइले आज बिहान मात्रै बाघलाई नियन्त्रणमा लिईएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक सन्दिप चन्द्र शाहले जानकारी दिनु भयाे । बाघलाई इन्जेक्सनले लठ्याएर बेहाेस पारिएको छ। उक्त बाघलाई नियन्त्रणमा लिइ शुक्लाफाटा पठाइएको कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो । शुक्रबार बिहान बेलाैरी नगरपालिका ८ की ४२ वर्षीया महिला गंगा चन्द बाघको आक्रमणमा परेकि थिईन । नजिकैकाे खप्टि नालामा घाँस काट्न गएकी महिलालाई आक्रमण गरेपछि स्थानीय सहित सुरक्षाकर्मी दिनभर खाेजतलासमा खटिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट