२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरी-पुनर्वासमा बाघ र हात्तीको त्रास

  • २०७९ चैत्र २२, बुधबार मा प्रकाशित ३ साल अघि
  • १०४५ पाठक संख्या
  • बेलौरी , कञ्चनपुर, २२ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी-पुनर्वासमा पछिल्लो केही दिनयता बाघ र हात्तीको त्रास बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार पुनर्वास र बेलौरीका भारतसँग सीमा जोडिएका गाउँ बस्तीहरूमा बाघ देखिन थालेकोले थप त्रास बढेको हो ।

    मंगलबार साँझ मात्रै पनि पुनर्वास स्थित सहिद गोविन्द गौतम स्मृति पार्क आसपास, बेलौरीको १ र २ नम्बर वडा क्षेत्र, बेलौरीकै ६ र ७ नम्बर वडा क्षेत्रको दक्षिणतर्फ नेपाल-भारत सीमा आसपासको क्षेत्रमा बाघ देखिएको स्थानीय नागरिकहरूबाट जानकारी प्राप्त भएको छ । यी क्षेत्रहरूमा देखिने बाघ छुट्टाछुट्टै भएको स्थानीयको दाबी छ । बाघको त्रास बढेपछि बेलौरी नगरपालिका वडा नम्बर १ र २ को क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलौरीले भ्यान सहित सुरक्षाकर्मी परिचालन गरेको प्रहरी निरीक्षक सन्दीप चन्द्र शाहले जानकारी दिनुभयो ।

    पछिल्लो दुई सातायता बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी समेत बढाएको छ । मंगलबार साँझ मात्रै पनि भारतको दुधुवा नेशनल पार्कबाट हात्तीको बथान समेत नेपाल प्रवेश गरेको छ । अहिले पुनर्वास नगरपालिका वडा नम्बर ९ मा हात्तीको बथान प्रवेश गरेको कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।

    अहिले बाघ र हात्तीले नेपाल भारत सीमा क्षेत्रमै ओहोरदोहोर गर्ने गरिरहेको हुँदा सबैलाई सतर्कता अपनाउन सब डिभिजन वन कार्यालयले सार्वजनिक आह्वान गरेको छ । खेतीपाती गर्ने कृषक तथा उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने नागरिकहरूलाई थप सचेत रहन अनुरोध गरिएको छ । मानव वन्यजन्तुबिचको द्वन्द्व बढ्दै जान थालेपछि अब छिट्टै माथिल्लो निकायसँग क्यामेरा माग गरी बढी जोखिम रहेका ठाउँहरूमा जडान गरिने उहाँको भनाइ छ ।

    यही चैत १० गतेका दिन भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी कञ्चनपुरको पुनर्वास १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो । त्यसको ठिक एक हप्तापछि यही चैत १७ गतेका दिन कञ्चनपुरको बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा बाघको त्रास फैलिएको हो ।बेलौरी-पुनर्वासमा बाघ र हात्तीको त्रास

    बेलौरी , कञ्चनपुर, २१ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी-पुनर्वासमा पछिल्लो केही दिनयता बाघ र हात्तीको त्रास बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार पुनर्वास र बेलौरीका भारतसँग सीमा जोडिएका गाउँ बस्तीहरूमा बाघ देखिन थालेकोले थप त्रास बढेको हो ।

    मंगलबार साँझ मात्रै पनि पुनर्वास स्थित सहिद गोविन्द गौतम स्मृति पार्क आसपास, बेलौरीको १ र २ नम्बर वडा क्षेत्र, बेलौरीकै ६ र ७ नम्बर वडा क्षेत्रको दक्षिणतर्फ नेपाल-भारत सीमा आसपासको क्षेत्रमा बाघ देखिएको स्थानीय नागरिकहरूबाट जानकारी प्राप्त भएको छ । यी क्षेत्रहरूमा देखिने बाघ छुट्टाछुट्टै भएको स्थानीयको दाबी छ । बाघको त्रास बढेपछि बेलौरी नगरपालिका वडा नम्बर १ र २ को क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलौरीले भ्यान सहित सुरक्षाकर्मी परिचालन गरेको प्रहरी निरीक्षक सन्दीप चन्द्र शाहले जानकारी दिनुभयो ।

    पछिल्लो दुई सातायता बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी समेत बढाएको छ । मंगलबार साँझ मात्रै पनि भारतको दुधुवा नेशनल पार्कबाट हात्तीको बथान समेत नेपाल प्रवेश गरेको छ । अहिले पुनर्वास नगरपालिका वडा नम्बर ९ मा हात्तीको बथान प्रवेश गरेको कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।

    अहिले बाघ र हात्तीले नेपाल भारत सीमा क्षेत्रमै ओहोरदोहोर गर्ने गरिरहेको हुँदा सबैलाई सतर्कता अपनाउन सब डिभिजन वन कार्यालयले सार्वजनिक आह्वान गरेको छ । खेतीपाती गर्ने कृषक तथा उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने नागरिकहरूलाई थप सचेत रहन अनुरोध गरिएको छ । मानव वन्यजन्तुबिचको द्वन्द्व बढ्दै जान थालेपछि अब छिट्टै माथिल्लो निकायसँग क्यामेरा माग गरी बढी जोखिम रहेका ठाउँहरूमा जडान गरिने उहाँको भनाइ छ ।

    यही चैत १० गतेका दिन भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी कञ्चनपुरको पुनर्वास १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो । त्यसको ठिक एक हप्तापछि यही चैत १७ गतेका दिन कञ्चनपुरको बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा बाघको त्रास फैलिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित खबरहरु
    ताजा अपडेट