२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

वडा नम्बर ५ द्वारा महिला स्वास्थ्य स्वयंसेवीका र आमा समूहलाई प्रोत्साहन स्वरुप सामग्री हस्तान्तरण


  • बेलौरी अनलाईन
  • २०७९ चैत्र ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४६१ पाठक संख्या
  •  

    माधब पौडेल बेलौरी ,६ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेवीका र आमा समूहलाई प्रोत्साहन स्वरुप सामग्री हस्तान्तरण गरिएको हो । बेलौरी नगरपालिका वडा नम्बर ५ कार्यालयको आर्थिक बर्ष २०७९÷०८० को महिला लक्षित कार्यक्रम अन्तर्गत १ लाख ८० हजार बराबरको बजेटबाट सम्बन्धित वडामा रहेका १२ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई दराज तथा १२ वटा आमा समुहलाई २ थान प्लास्टिकको कुर्सी र १०/१० मिटर पि फर्म प्रदान गरिएको बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरीले जानकारी दिनुभयो । वडा कार्यालयले बिगतका बर्ष देखि नै जेष्ठ नागरिक, एकल महिला,द्वन्द पीडितलाई सहयोग स्वरुप सामाग्री बितरण गर्दै आइरहेको वडा सदस्य कृपाराम चौधरीले बताउनुभयो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट