२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

नेपाल शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा भण्डारी


  • २०७९ फागुन २७, शनिबार मा प्रकाशित १ साल अघि
  • २०६ पाठक संख्या
  • कञ्चनपुर,२७ फागुन । नेपाल शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा बेलौरी नगरपालिका २ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय जबदियाका प्रधानाध्यापक बिरेन्द्र सिह भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको ९ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भण्डारी चयन हुनु भएको हो । सहमतीय आधारमा भण्डारी चयन भएको नेपाल शिक्षक संघ कञ्चनपुरका नेताहरुले बताएका छन । उपाध्यक्षमा नविन सिह धामी, महिला उपाध्यक्षमा ईन्द्र साउद, सचिवमा विष्णूदत्त जोशी, अर्थसचिवमा धर्मराज पण्डित, सह सचिवमा चक्र बहादुर महरा, महिला सहसचिवमा ज्योती बोहरा, अर्थ महिला सह सचिवमा गिता रावल, समावेसी सह सचिवमा राम ब. राना, बीर ब. विक, सदस्य तर्फ दानबिर साउद, महाबिर चन्द, गणेशदत्त शर्मा, विष्णूदत्त पाण्डेय, देवि शाह चन्द, हर्का बोहरा, ईश्वरी भट्ट चयन हुनु भएको छ । यस्तै प्रदेश प्रतिनिधीमा बिष्णूसिह भण्डारी, मान बहादुर कठायत, अमर बुढा, हरक सिह धामी, पदमा साउद, बसुन्धरा खत्री, ज्ञानु ऐर, संघीय प्रतिनिधीमा यज्ञराज पण्डित, टेकराज अवस्थी, पुष्पराज भट्ट, दुर्गा प्रशाद शर्मा,नेत्र बहादुर पनेरु, राधिका कोईराला, जानकी जोशी(भट्ट) चयन हुनु भएको छ । नेपाल शिक्षक संघ कञ्चनपुरको अध्यक्षमा चयन भएपछि बिरेन्द्र सिह भण्डारीले शिक्षको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्वता जाहेर गर्नुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट