२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

निर्धन उत्थान लघुबित्त द्वारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान


  • २०७९ फागुन ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४१८ पाठक संख्या
  • माधब पौडेल,कञ्चनपुर,११ फागुन । कञ्चनपुरको बेलौरीमा रहेको निर्धन उत्थान लघुबित्त बित्तीय संस्थाले आफ्नो सस्थामा आबद्ध सदस्यका जेहेन्दार छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाले १२ कक्षामा उत्कृष्ट नम्बर ल्याएका र स्नातक तह अध्ययन गरिरहेका सदस्यका छोराछोरी मध्येबाट २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था शाखा बेलौरीले हरिहरदेब पन्त स्मृति छात्रवृत्ति रकम जनही प्रती विद्यार्थी १० हजार रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरेको छ ।

    कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने महाकाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत मख्खन लाल चौधरी र बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बस्ने सोही क्याम्पसमा अध्ययनरत छात्रा करुणा रानालाई बिहीबार एक कार्यक्रमका बीच बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी र बित्तिय संस्थाका सदस्यहरुको उपस्थितिमा छात्रवृत्ति बितरण गरिएको निर्धन उत्थान लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक बिरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
    यस्तै संस्थाले बिगत ३ दशक देखि देशका ७७ वटा जिल्लामा रहेका १८५ शाखा कार्यालय मार्फत बित्तीय एवं गैरबित्तिय सेवा प्रदान गरिरहेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिगतका बर्ष देखि नै छात्रवृत्ति,सुत्केरी पोषण खर्च,आगलागी,पहिरो तथा बाढी पीडित सदस्यलाई आर्थिक सहयोग र ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पीडित हुदा आर्थिक राहत सहयोग गर्दै आइरहेको समेत शाखा प्रबन्धक चौधरीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान कार्यक्रमको सहजीकरण निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाका कार्यालय कर्मचारी लोकेश अधिकारीले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट