पुनर्वास, फागुन ०५ ,कञ्चनपुरकाे पुनर्वास बाट सशस्त्र प्रहरीले नगद १५ लाख २८ हजार भारतीय रुपैयाँ र गरगहना सहित तीनजनालाई शुक्रबार पक्राउ गरेको छ। पुनर्वासकाे वार्ड नं. ४ कार्गिल डाँडा बाट रकम सहित पक्राउ गरिएको हाे ।
सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट कार्गिल डाँडा चेक पाेष्टमा चेक जाँचका क्रममा भारतीय रुपैयाँ सहित सुनका गरगहना सशस्त्र प्रहरीले बरामद गरेकाे हाे । पक्राउ पर्नेमा कैलाली जिल्लाकाे गाेदावरी नगरपालिका ८ बस्ने २९ वर्षिय अमर भूल , साेहि ठाउँ बस्ने ३४ वर्षिय खडग सिंह भूल र डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका ५ बस्ने विरेन्द्र सार्की पक्राउ परेका हुन । भारतकाे दिल्ली बाट नेपाल फर्कि रहेका उनीहरु लाई शंकास्पद लागि चेकजाँच गर्दा भारतीय रुपैयाँ र सुनका गरगहना फेला परेको सशस्त्र प्रहरी निरिक्षक रामराज खनालले जानकारी दिनुभयो । बरामद गरिएको रकम र गरगहना भारत बाट चाेरी गरी ल्याएकाे हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस