२०८२ अषाढ ३०, सोमबार | Mon, 14, Jul, 2025

नवयुग बिद्या निकेतन बोर्डिङ स्कुल ले मनायो २१औ वार्षिकोत्सव


  • २०७९ माघ २८, शनिबार मा प्रकाशित २ साल अघि
  • ७७८ पाठक संख्या
  • माधब पौडेल २८ माघ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ पुष्पलालबस्तीमा रहेको नवयुग बिद्या निकेतन बोर्डिङ स्कुलको २१ औ वार्षिकोत्सब कार्यक्रम शनिबार सम्पन्न भएको छ।

    कार्यक्रमको सभापतित्व नवयुग बिद्या निकेतन बोर्डिङ स्कुलका सस्थापक अध्यक्ष भोजराज खरेल प्रमुख अतिथिमा महाकाली बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख एव शिक्षाप्रेमी प्रेम सिंह बोहरा बिशिस्ट अतिथिमा जनकल्याण माध्यमिक बिधालयका प्रधानाध्यापक रामनारायण कडेल अतिथिमा रामबुद्द माध्यमिक बिधालयका प्रधानाध्यापक कृष्ण बहादुर कुवर ,सरस्वती आधारभूत बिधालयका प्रधानाध्यापक लालबहादुर शाही र सिद्दनाथ बिद्या निकेतन बोर्डिङ स्कुल का प्रिन्सिपल यज्ञराज पन्त रहनुभएको थियो । सास्कृतिक कार्यक्रम संगै अन्तर सदनात्मक खेलकुदमा बिजयी विद्यार्थीहरुलाई प्रमाणपत्र मेडल प्रदान गरिएको थियो भने प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथि लाई सम्मान गरिएको सस्थापक अध्यक्ष भोजराज खरेलले जानकारी दिनुभयो। साथै नवयुग बिद्या निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल सितल खरेलले कार्यक्रममा बोल्दै जिल्ला भरिमै न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिदै आइरहेको बताउनुभयो भने कार्यक्रमको सञ्चालन कक्षा ९ विद्यार्थी जनक सुनार र बिनिता शर्मा ले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%४%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट