२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

मोटरसाइकलको ठक्करबाट घाइते चौधरीको उपचार क्रममा मृत्यु


  • २०७९ माघ १८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४४२ पाठक संख्या
  • कञ्चनपुर, १८ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएका पैदल यात्री बेलौरी नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका चौधरीको पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट