२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

खर काट्ने क्रममा हात्तीको आक्रमणबाट एक जना महिला घाइते


  • २०७९ माघ ११, बुधबार मा प्रकाशित २ साल अघि
  • ३३५ पाठक संख्या
  • बेलौरी , कञ्चनपुर, ११ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी छन् । आरक्ष विस्थापित शिविरको ढक्का स्थित बेलडाँडी टोल बस्ने ५० वर्षीया ललु सार्की घाइते भएकी हुन् । बुधबार दिउँसो खर काट्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको घाइतेका श्रीमान् गिरी सार्कीले बताएका छन् । घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ । एक्स–रे रिपोर्टमा घाइतेको भित्री शरीरमा बढी चोट लागेको देखिएकोले थप उपचारका लागि धनगढी रेफर गरिएको ईशान मेमोरियल अस्पतालले जनाएको छ । घाइतेको परिवार आरक्षपीडित समेत रहेकोले उपचार खर्चका लागि याचना समेत गरिरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले तीन दिनका लागि स्थानीयहरूलाई खर काट्न दिने व्यवस्था गरेपछि ग्रामीण क्षेत्रका सयौँ परिवार यति बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्ने कार्यमा व्यस्त छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट