२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बजेट अभाबका कारण कराेडाैँ लागानीमा बनेकाे रानाथारु संग्रहालय अलपत्र


  • २०७९ माघ १०, मंगलबार मा प्रकाशित २ साल अघि
  • २४२ पाठक संख्या
  • कञ्चनपुर , माघ १० । बजेट अभावका कारण कञ्चनपुरकाे पुनर्वासमा निर्माण कार्य सम्पन्न भएकाे राना थारु संग्राहालय अलपत्र अवस्थामा पुगेको छ । पुनर्वास नगरपालिका वार्ड नं. १ भकुण्डामा रहेकाे राना थारु संग्राहलय अलपत्र अवस्थामा पुगेको हाे। नेपाल सरकारकाे पर्यटन बिभाग बजेट बाट वि.सं. २०७६ सालमा निर्माण कार्य सम्पन्न भएकाे थियाे । छ कराेड ९ लाखमा छ ओटा भवन सहित भान्सा घर, पालेघर, शाैचालय, संग्रहालयका लागि दुई तले भवन निर्माण गरिएकाे छ । भाैतिक सँरचना बनेकाे तीन वर्ष बितिसक्दा पनि संग्राहलयका लागि चाहिने बस्तुकला, चित्रकला, पाैराणिक गरहना तथा राना थारु समुदायको सँसकृति झल्किने अन्य सामाग्री नहुदा संग्राहलय अलपत्र अवस्थामा पुगेकाे हाे । बजेटका लागि स्थानिय सरकार र सम्बन्धित निकायमा बारम्बार अनुराेध गर्दा समेत अहिले सम्म एक रूपैया पनि बजेट नपाएकाे संग्राहलय सँरक्षण समितिका अध्यक्ष बिश्राम रानाले बताउनु भयाे ।
    संग्रहालय सुचारु नहुँदा अहिले संग्रहालय भित्र गाईबस्तुका लागि चरिचरण क्षेत्र बनेकाे छ । घाँस र झाडीले भरिएकाे छ । झाडी सरसफाई नहुँदा संग्राहलय कुरुप बन्दै गएको छ । संग्रहालयका लागि निर्माण गरिएका भवन नै जिर्ण बन्दै गएकाे छ । तर यस तर्फ सराेकार वाला निकायले चासाे देखाएको छैन । सराेकार वाला निकाय बाट बजेट पाए अागामी फागुन महिना भित्रमा सञ्चालन गर्न सकिने संरक्षण समितिका उपाध्यक्ष कन्हैया रानाकाे भनाई छ ।
    संग्राहालय साँढे तीन बिघा क्षेत्रफलमा रहेकाे छ । वरिपरि पर्खालले घेरिएकाे छ । संग्राहलय भित्र ५६ अाेटा साेलार बत्ती समेत जडान गरिएका छन । तर संरक्षणकाे अभावमा आधा बत्ती बिग्रिसकेका छन ।आन्तरिक
    तथा बाह्य पर्यटक लाई लक्षित गरि कञ्चनपुरकाे लालझाडी गाउँपालिका, बेलाैरी नगरपालिका र पुनर्वास नगरपालिकाकाे सँगम स्थलमा संग्राहलय निर्माण गरिएकाे छ ।
    पुनर्वास नगरपालिका लाई संग्राहलय हस्तान्तरण गर्न ढिला भएकाले चालु आर्थिक वर्षमा बजेट नछुट्याईएकाे नगरपालिकाले जनाएकाे छ । राना थारुकाे ऐतिहासिक भेषभुषा, कला ,सँस्कृति झल्किने कलात्मक बस्तु तथा आवश्यक फर्निचरका लागी बर्खे नगर अधिबेशन बाट पर्याप्त बजेट छुट्याएर सञ्चालनमा ल्याउन समन्वय गरिने पुनर्वास नगरपालिकाका नगरप्रमुख ताेय प्रसाद शर्मा भन्नुहुन्छ ।
    कराेडाैँ बजेट खर्चिएर याेजना अलपत्र पार्दा राष्ट्रकाे ढुकुटी सक्नु मात्र हाे । याेजना अलपत्र हुँदा सम्बन्धित समुदायको सभ्यता र सँस्कृतिकाे संरक्षण तथा प्रचारप्रसार ओझेलमा पर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट