२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

मदन पुरस्कार विजेता रामलाल जोशी द्वारा लिखित बाआमा नामक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न


  • २०७९ माघ ८, आईतबार मा प्रकाशित २ साल अघि
  • २३७ पाठक संख्या
  • कञ्चनपुर ८ माघ। मानस खण्ड फाउण्डेसन् कञ्चनपुर ले मदन पुरस्कार विजेता रामलाल जोशी द्वारा लिखित बाआमा नामक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । आईतबार एक कार्यक्रम का बीच पुस्तक परिचर्चा कार्यक्रम मानस खण्ड फाउन्डेसन का अध्यक्ष नारा जोशी को अध्यक्षता मा उक्त कार्यक्रम सम्पन्न भएको छ। पुस्तक परिचर्चा कार्यक्रम मा लोककवि कविराज भट्ट ले उक्त पुस्तक को विशेषता को बारेमा चर्चा गर्दै यो पुस्तक को नामै काफी छ भनी बताउनु भयो । साहित्यकार रमेश पन्त “मितबन्धु” ले यो पुस्तक सबैले पढ्नु पर्ने र यो पुस्तक ले हामी आफैलाई चिनाउन सहयोग गर्ने बताउनु भयो । शारदा विद्या पीठ का सह प्राध्यापक श्याम सुन्दर ढकाल ले सुदुर पश्चिम स्रष्टाहरु ले भरिएको ठाउँ र धेरै कृती हरु आउँदै गर्दा सुदुरपश्चिम विश्व विद्यालय ले यो सुदुरपश्चिम को भासा साहित्य लाई पाठ्यक्रम मै लागू गर्नुपर्ने मा जोड दिनुभयो । पुस्तक माथि चर्चा गर्दै कवि अमित प्रसाद भट्टले यो पुस्तक एकचोटि पढ्यो भने अझै पढु पढुं लाग्ने यो पुस्तक ले वास्तविक जीवन दर्शाएको बताउनु भयो। साहित्यकार जगदिश ओझा का अनुसार रामलाल जोशी लाई पुन:व्युझाएको बताउँदै यो पुस्तक खोज्दै गर्दा यो पुस्तक ले सामाजिक विषय वस्तु लाई झल्काएको चर्चागर्दै यो पुस्तक ले वास्तविक जीवन दर्शाएको बताए। समाज का कथन हरु ले सबैखाले रस दिने र सुदुर पश्चिम को स्थानियता लाई महत्वपूर्ण स्थान दिएको बताए । शारदा विद्या पीठ का प्राचार्य भोजराज जोशी ले पुस्तक माथि परिचर्चा गर्दै हामी मोफसल का साहित्यकार ले महत्वपूर्ण कृती हरु पस्के पनि केन्द्र को दृष्टि नपरेको बताउनु भयो साहित्यकार हरु सम्मान का पात्र हुन् तर केन्द्रीय दृष्टी सुदुरपश्चिम मा न नपर्नु आफैमा गम्भीर रहेको टिप्पणी गर्नु भयो । पुस्तक ले बुबा आमाको माया वास्तविकता मा झल्काएको बताएका छन् । आफ्ना छोराछोरी को लागि बुबा आमा ले कति सम्म माया ममता एबम् छोरा छोरी को भविष्य को लागि कति चिन्तित हुन्छन् भन्ने कुरा यो पुस्तक ले झलक दिएको चर्चा परिचर्चा गरिएको छ। पुस्तक परिचर्चा कार्यक्रम मेची देखि सुरु गरी महाकाली सम्म पुगेको जानकारी दिँदै यो पुस्तक लाई माया गरी अध्ययन गरी दिएको मा र पुस्तक माथि परिचर्चा गर्नु हुने सबै स्रष्टा मा लेखक रामलाल जोशी ले धन्यवाद दिनु का साथै आगामी दिन मा पनि यस्तै हौसला ले थप ऊर्जा थपेको बताउनु भयो मानस खण्ड फाउन्डेसनले लामो गुन् लगाएको बताउनु भयो । पाठक हरुले पुस्तक लाई मन पराई दिनु भएको मा आभार व्यक्त गरे ।कार्यक्रम का प्रमुख अथिति डा. टेक राज पन्तले पुस्तक अति उपयोगी र जीवन को वास्तविकता झल्काउने भएकोले यो पुस्तक एक पटक पढ्नै पर्ने बताउनु भयो । पुस्तक परिचर्चा कार्यक्रम मा लेखक रामलाल जोशी लाई मानसखण्ड फाउन्डेसन ले दोसल्ला एबम् सम्मान पत्र ले सम्मान गरेको छ। कार्यक्रम को सञ्चालन मानसखन्ड फाउन्डेसन का सचिव साहित्यकार हेमाबाबु लेखक ले गरेका थिए ।
    ऐना कथा संग्रह का लागि मदन पुरस्कार २०७२ प्राप्त गरेका जोशी ले पहलमान सिंह स्वार प्रतिभा सम्मान २०६८, राष्ट्रिय प्रतिभा पुरस्कार २०७३ प्राप्त गरिसकेका छन् उनका हत्केला मा आकाश २०५७ ( गजल सङ्ग्रह) र सखी २०७५ ( उपन्यास) आदि थुप्रै कृतीहरु प्रकाशित छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट