माधब पौडेल २२ पौष ,कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिक , भलमन्सा ,चाकर ,द्वन्द, पीडित , दलित ,एकल महिला लाई कम्बल बितरण गरेको हो।
कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष प्रकाश श्रेष्ठ ,प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बिशिस्ट अतिथि बेलौरी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिक,र बेलौरी नगरपालिका सबै वडा अध्यक्ष, समाजसेवी, बुद्धिजीवी ,लगायत स्थानीय सञ्चारकर्मी हरुको सहभागिता रहेको थियोे ।
शुक्रबार एक कार्यक्रमका बीच बेलौरी वडा नम्बर ७ मा रहेका जेष्ठ नागरिक, भलमन्सा , चाकर , जेष्ठ नागरिक दलित ,जेष्ठ नागरिक एकल महिला , बिधुवा महिला , पुर्ण अपांग, अति अशक्त,दलित बालबालिका ,द्वन्द पीडित गरि जम्मा २५० जनालाई ब्ल्याङ्केट बितरण गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराउनुभयो।बेलौरी नगरपालिका वडा नम्बर ७ को लक्ष्यित बर्ग को आर्थिक बर्ष २०७९/०८० को कुल रकम ३ लाख ५० हजार मा उक्त सामग्री बितरण गरिएको हो। कार्यक्रममा उपस्थित भएका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिएको थियो।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बिष्टले चिसो मौसममा सामाग्री बितर्ण गरेकोमा न्यानो कम्बल बितरण गरेकोमा वडा कार्यालय लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। प्रदेश सभा सदस्य बिष्टले बिकाश निर्माणका काममा प्रदेश सभा बाट बजेट बिनियोजित का लागि पहल गर्ने बताउनुभयो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष श्रेष्ठ आफ्नो वडा पर्ने समस्या लाई समाधान गर्ने छौ। वडाको चौतर्फी बिकाशका लागि संघिय सरकार ,प्रदेश सरकार सङ पहल गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन तेजबहादुर चन्दले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस