धनबहादुर बिक, पुनर्वास, १९ पौष स्थानीय तहमा उपप्रमुखका समस्या सहज रूपमा सम्पादन गराउन साझा अभ्यास समूह बिषयक एकदिने अन्तर्क्रिया कार्यक्रम पुनर्वास नगरपालिका मा सम्पन्न गरिएको छ ।
आयोजक प्रादेशीक सुशासन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजना तथा पुनर्वास नगरपालिका सहआयोजक रहेको कार्यक्रममा प्राविधिक सहयोग सुशासन का लागि क्षमता विकास कार्यक्रम(CDSOH) काठमाण्डौ ले गरेको थियोे ।
कार्यक्रम को उदेश्य माथि प्रकाश पार्दै सुशासनका लागि क्षमता विकास केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक पशुपति नाथ झा ले पालिका हरूमा मेयर उपमेर , अध्यक्ष उपाध्यक्ष बिचको सम्बन्ध लाई नजिक बनाउने स्थानीय तहमा हुने विकास का कार्यक्रम मा समान सहभनगिता का लागि पहल गर्ने तथा उप प्रमुख हरू बिच हुने विभिन्न अनुभव साटासाट गर्ने र उप प्रमुखले गर्नुपर्ने जिम्मेवारी सम्पादनमा सहजता ल्याउने कार्यक्रम को मुख्य उदेश्य रहेको कुरा उल्लेख गरेका थिए ।
अनुभव साटासाट गर्दै गर्दा कुनै जटिल समस्या आईपरेमा स्थानीय तह कार्य सम्पादन संग सम्बन्धित बिज्ञ बोलाई परामर्श सेयर गराउने समेत कार्यक्रम को उदेश्य रहेको संयोजक झा ले बताए ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिका पुर्व उप प्रमुख उमा थापामगर ले स्थानीय तहमा उप प्रमुख का समस्या र चुनौती का बिषयमा आफुले भोगेका समस्या हरू संग सम्बन्धित सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा कैलाली कञ्चनपुर का २२ वटा स्थानीय तहका उप प्रमुख हरूले आआफ्नो अनुभव हरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथले लामोसमय जनताकै सेवामा आफुलाई समर्पित गर्दै आाएको र जनताले अमुल्य अभिमत दिएर निर्वाचित गरेपछि थप जिम्मेवारी का साथ जनताकै पक्षमा सक्रिय हुँदै आएको बताईन ।
कार्यक्रम गर्दा मेयर उपमेयर , अध्यक्ष उपाध्यक्ष लाई एकैठाउमा सहभागी गराउन सकिएमा स्थानीय सरकार सञ्चालनमा अझ सहज हुने कुरा नाथ ले सुझाव दिईन । ।
पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाले
स्थानीय तहमा हुने हरेक कार्यक्रम हरू स्थानीय तहले सम्पादन गर्ने हरेक बिषय हरू खुला रूपमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो ।
पाँच बर्ष भित्र कसरी जनताका पक्षमा काम गर्न सकिन्छ हाम्रो त्यो प्रकारको दृष्टिकोण हुनुपर्छ उप प्रमुख रानाले आफ्नो धारणा व्यक्त गर्नुभयो ।
आफ्नो अधिकार क्षेत्रलाई ध्यान दिएर स्थानीय सरकार सन्चालन ऐनले दिएको अधिकारको सदुपयोग गरि काम गर्यो भने काम गर्न बढी सहज हुन्छ रानाले बताउनुभयो ।
उहाँले अरुको असल अभ्यासलाई समेत अंगिकार गरेर आत्मसात गरेर बड्ने कुरामा जोड दिनु भयो
सो अवसरमा उप प्रमुख भुलिया कुमारी रानाले पुनर्वास नगरपालिका लाई परिचित गराउने विभिन्न चित्रण सहित को तस्वीर रहेको मायाको चिनो कार्यक्रममा सहभागी पालिका उप प्रमुखलाई भेट स्वरूप प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कैलाली कञ्चनपुर उप प्रमुखको नेटवर्क सञ्जाल गठन गरि प्रत्येक महिनामा २२ वटै पालिका मा सञ्जालको साझा अभ्यास कार्यक्रम को आयोजना गरिने निर्णय समेत पारित गरिएको छ ।
माघको अन्तिम साता बेलडाडी गाउपालिका र फागुनको अन्तिम साता बेलौरी नगरपालिका मा उक्त कार्यक्रम गरिने उप प्रमुख सञ्जालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस