२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

खठ्याङ्ग्रिद‍ो जाडोमा सुकुम्बासी परिवारलाई ५० थान कम्बल वितरण


  • २०७९ पौष १३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५१२ पाठक संख्या
  • पुनर्वास ,१३पौष अन्तरार्ष्ट्रिय युवा समाजको सहयोग तथा नेपाल परिवार दलका नेता खडक नागरीको पहलमा पुनर्वास का सुकुम्बासी परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । पुनर्वास नगरपालिका वडा ७ स्थित सुकुम्बासी बृद्धा ,अपांग एकल महिला तथा बिपन्न परिवारहरुलाइ ५० पिस न्यानो कम्बल वितरण गरिएको हो
    कार्यक्रममा परिवार दलका वडा अध्यक्ष कुलदिप राना परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी लायन्स क्लब अफ मिड सिटी धनगढीका अध्यक्ष बिश्व प्रकाश कडेल परिवार दलकी केन्द्रीय सदस्य बिष्णु कुमारी बिके पिस फोर्स नेपालका केन्द्रीय सदस्य अजय जैरु पिस फोर्स नेपाल जिल्ला उपाध्यक्ष रितिक आचार्य समाजसेवी खेम तामाङ लगायतका समाजसेवीहरुको उपस्थित रहेको थियो ।
    जाडोको समयमा न्यानो कम्बल वितरण गरिएकोमा विकट बस्तीका पिडितहरू हर्षित भएका थिय । सो अवसरमा नेता नागरीलाइ धन्यवाद दिदै बृद्धा आमा बुवाले आशिर्वाद दिएका थिए भने नेता नागरीले पार्टी र आफुले यस क्षेत्रमा कुनैपनि समस्या पर्दा आफुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट