पुनर्वास ,९ पौष ,कंचनपुरको पुनर्वासबाट खैरो हिरोईन सहित दुई जना पक्राउ परेका छन् । शुक्रबार भारतीय बजार बसहीबाट आउदै गरेका दुई जनालाई पुनर्वास-४ दुर्गा माध्यमिक विद्यालय नजिकै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले चेकजाँच गर्दा २ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका हुन् ।
हिरोईन सहित पक्राउ पर्नेमा पुनर्वास नगरपालिका- ११ अमरबस्ती बस्ने वर्ष ३० को रामबहादुर बिक र डोकेबजार बस्ने राजु थापा लाई पक्राउ गरिएको छ। भने दुबै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस