२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरी नगरपालिकाको प्रवक्तामा हर्क बहादुर भुल नियुक्त


  • २०७९ मंसिर २८, बुधबार मा प्रकाशित २ साल अघि
  • ४७८ पाठक संख्या
  •  

    माधब पौडेल बेलौरी ,२८ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य हर्क बहादुर भुल नियुक्त हुनुभएको छ । बुधबार बसेको बेलौरी नगरपालिका नगर कार्यपालिकाको बैठकले नगरपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य हर्क बहादुर भुललाई नियुक्त गरेको हो । नगरपालिकाको प्रवक्ता नियुक्त संगै केही महत्पुर्ण निर्णय पनि कार्यपालिकाको बैठकले गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्रका घरहरूलाई नक्सङ्कन गर्ने, बेलौरी बजारमा निर्माण भईरहेको ड्रेन निमार्णलाई ब्यवस्थापन गर्ने,ल्याब टेक्निसियनको ब्यवस्थापन गर्ने,नगर बिकास स्थापनाका लागि पहल गर्ने तथा नगर उपप्रमुखको सयोजकत्वमा ३ जना सदस्य रहने गरि न्यायिक समिति गठन भएको छ । नगर उपप्रमुख जोगराम चौधरीको सयोजकत्वमा शिवराज राना र आरती चौधरी सदस्य रहने गरि कार्यपालिकाको बैठकले न्यायिक समिति गठन गरिएको नव नियुक्त बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुलले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट