२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

चुनावका बेला जनता समक्ष गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य सरल


  • २०७९ मंसिर २५, आईतबार मा प्रकाशित २ साल अघि
  • ३१३ पाठक संख्या
  • कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट(सरल)ले चुनावका बेला जनतासंग गरेका बाचा प्रतिबद्धता अनुरुप काम गर्ने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन क्षेत्र २(क) प्रचारप्रसार समितिले कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप काम गर्ने प्रतिबद्धता गरेका छन । ‘मैले निर्वाचनका बेला जनतासंग गरेका बाचा र अघि सारेका चुनावी एजेण्डा अनुरुप काम गर्छु, ‘प्रदेश सभा सदस्य सरलले भने, ‘यस कार्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंगै रहेर काम गर्छु ।’ प्रदेश सभा सदस्य सरलले पुरानो परम्परा तोड्नुपर्नेमा जोडदिए । ‘विगतमा चुनावका बेला नेता जनताको घरदैलोमा र चुनावपछि नेताको घरदैलोमा जनता चहार्नुपर्ने संस्कार हटाउँछु, ‘संसद सरलले भने, ‘निरन्तर जनताकै पक्षमा काम गर्छु ।’ जनताको शासक होईन, सेवक भएर काम गर्ने सरलको उद्घोष छ । प्रतिस्पर्धी र प्रतिस्पर्धीले ल्याएको मतको सम्मान गर्दै अघि बढ्ने उनले बताए । ‘नियमित जनताकै साथमा रहेर काम गर्छु, ‘उनले भने, ‘जनताले दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्छु ।’ निर्वाचन क्षेत्रको दिगो विकास निर्माणका लागि यस क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित एनपी साउद, प्रदेश सभा सदस्य बहादुर सिह थापासंगै अघि बढेर काम गर्ने उनले बताए । ‘जसरी मलाई अमुल्य मतदिई यहाँसम्म पुर्याउनुहुने सम्पूर्ण महानुभाव मतदाता, जनताप्रति हार्दिक अभाव प्रकट गर्दछु, ‘उनले भने, ‘निर्वाचनमा अहोरात्र खटिने गठबन्धनका दलका नेता कार्यकर्ताप्रति समेत हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

    क्षेत्रका विकास निर्माणदेखि युवामुखी, उत्पादनमुखी कार्यक्रम अघि बढाएर जनताले दिएको मतको कदर गर्दै अघि बढ्ने बताए । ‘मैले सक्नेजति काम जनतासंग बाचा गरेको थिए, ‘उनले भने, ‘चुनाव जित्ने होडबाजीले धेरै बोल्ने कम काम गर्ने भन्ने होईन, कम बोलेर बढि काम गर्ने हो ।’ सरलले क्षेत्रको कटानी, डुवान, छाडा पशु चौपाया नियन्त्रण, स्वास्थ्य, शिक्षा, खानेपानी, तटबन्ध सहितका युवा स्वरोजगारमुखी कार्यक्रम, कृषि उत्पादनमुखी कार्यक्रम सहितका योजना अघि बढाउने बताए । ‘छाडा पशु चौपाया नियन्त्रणका लागि प्रदेश स्तरकै एक बृहद बहुमुखी योजना अघि साछौँ, ‘उनले भने, ‘यो प्रदेशकै समस्या हो, यसलाई सहि ढङगबाट अघि बढाउँछौँ ।’ कार्यक्रममा निर्वतमान प्रदेशसभा सदस्य महेश दत्त जोशीले विगतका योजनालाई निरन्तरता दिदै अघि बढ्न सुुझाव दिनुभयो । ‘क्षेत्रको विकासका लागि यस अघि सारिएका योजना निरन्तर अघि बढाउनुपर्छ, ‘उनले भने, ‘अब नमुनाकै रुपमा विकास अघि बढाउनुपर्छ ।’ काँग्रेस नेतृ एव समानुपातिकबाट प्रदेश सभा सदस्यमा सिफारिस भएकी गिता चौधरीले पिछडीएको क्षेत्रका महिला र बालबालिका क्षेत्रमा काम गर्ने बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट