लालझाडी ,कञ्चनपुर,२१ मंसिर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा निड्स नेपालद्धारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजना टोल शिक्षाको संयुक्त अनुगमन तथा समिक्षा कार्यक्रम गरिएको छ । मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित भानु मा.बि कञ्ज तथा वडा नम्बर १ स्थित शारदा मा.बि नौरङ्गा र बुधबार लालझाडी गाउँपालिकाको जनचेतना आधारभुत बिद्यालय तथा बैजनाथ मा.बि. अन्र्तगत टोल शिक्षाको गाउँपालिका र सरोकारवाला निकायको संयुक्त टोलिले अनुगमन तथा समिक्षा कार्यक्रम गरेको हो । युएसएआइडीको आर्थिक सहयोगमा, यूनिसेफको समन्वय र निड्स नेपाल कञ्चनपुरद्धारा संचालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत टोल शिक्षालाई प्रविधि मैत्री बनाई विद्यार्थीहरुको शैक्षणिक कृयाकलाप प्रभावकारी बनाउने उद्धेश्यकासाथ निड्स नेपाल कञ्चनपुरले विगत ९ महिना देखि लालझाडी गाउँपालिकाका १६ वटा सरकारी स्कुलका ८८ वटा टोल शिक्षा कक्षाहरु सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गर्दै अतिरिक्त कक्षाको रुपमा टोल शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको निड्स नेपाल कञ्चनपुरले जनाएको छ । कोभिडका कारण विद्यार्थीहरुको नियमित पठनपाठनमा बाधा पुराई शिक्षण कृयाकलापमा परेको असरलाई न्युनिकरण गर्ने उदेश्यका साथ विद्यालय समय पछि र अगाडीको समयमा करिब दुई घण्टा दैनिक अतिरिक्त कक्षा संचालनले प्राप्त भएको प्रतिफलको मंगलबार र बुधबार संयुक्त अनुगमन गरिएको बताईएको छ ।
अनुगमनका क्रममा यस परियोजनाले टोल शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई खेल्दै, नाच्दै, सिक्दै गर्ने शिक्षणका कारण बालबालिकाहरुले विद्यालय समय पछि पनि उत्साहका साथ टोल शिक्षामा सहभागि भएको देखिएको छ । बालबालिकाहरुमा पठन तथा लेखन वानीको सन्तोषजनक विकास भएको, परियोजनाका क्रममा टोलले प्राप्त गरेका शैक्षिक सामग्रीहरु सही सदुपयोग भएको अनुगमन समितिले जनाएको छ । टोल शिक्षाको अनुगमनमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, वडा नंम्बर २ का अध्यक्ष आशाराम राना, निड्स नेपालका सस्थापक कोषाध्यक्ष मनराज उपाध्यय अनुगमन समिती संयोजक बिमला साह लगायत निड्सको टिम र पत्रकार लगायतको सयुक्त अनुगमन टोलीले अनुगमन गरेका छन । यस्तै बुधबार लालझाडी गाउँपालिकाको सभा हलमा निड्स नेपालद्धारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजनाको गाउँपालिका स्तरिय सरोकारवालाहरु संगको संयुक्त अनुगमन तथा समिक्षा कार्यक्रम पनि गरिएको छ । समिक्षा कार्यक्रममा टोल शिक्षालाई प्रबृधि मैत्री बनाई विद्यार्थीहरुको शैक्षणिक कृयाकलाप थप प्रभावकारी कसरी बनाउने, टोल शिक्षाबाट प्राप्त प्रतिफल लगाएतका बिषयवस्तुमा रहेर समिक्षा कार्यक्रम गरिएको हो । समिक्षा कार्यक्रमको सभापतिमा निड्स नेपाल कञ्चनपुरका अध्यक्ष दुर्गा खरेल रहनु भएको थियो । कार्यक्रममा लालझाडी गाउँपालिकाका वडा अध्यक्ष,बिभिन्न बिद्यालयका प्रध्यानध्यपक लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस