पुनर्वास १७ मङ्सिर ,कञ्चनपुरको पुनर्वास नगरपालिका मा समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विस्वका लागि उर्जावाज सृजनशिलताको प्राबधान मुल नारा सहित ३१ औ अन्तर्राष्ट्रिय अपांगता दिवश पुनर्वास मा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका महिला तथा बालबालिका शाखा पुनर्वासले आयोजना गरेको कार्यक्रममा पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी राना सभापति रहनुभएको थियो भने नगर प्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो
अपांगलाई दया र माया होइन अवसर दिनुपर्ने कार्यक्रममा बोल्ने अधिकांस वक्ता हरूले जोड दिएका थिए ।
स्वागत मन्तव्य राख्दै प्रशासकीय अधिकृत शंकरबहादुर बोगटीले भने बर्षमा एकदिन भएपनि आफ्नो हकअधिकार का लागि मनाईने दिवश कार्यक्रम ले अपांग हरूको अधिकार का लागि कोषेढुंगा सावित हुन्छ ।अपांग समुदायको अधिकार का लागि संविधान मा उल्लेख भए अनुसार स्थानीय सरकार द्वारा कार्यनयन हुनुपर्ने बिषयमा जोडदिंदै स्थानीय तहबाट हुने नितिगत बिषयमा आफू लाग्ने बोगटीले बताए ।

अपांग संरक्षण समिति सदस्य भिम कुमार श्रेष्ठले अपांग हक अधिकार का लागि नीति बनाउदा अपांग प्रतिनिधि लाई पनि सरसल्लाह लिनुपर्ने आफ्नो भनाइमा जोड दिए । समाजमा अन्य वर्गको तुलनामा अपांग हरू थप ओझेलमा परेका हुनेभएकोले राज्यले अपांगलाई मध्येनजर गरि बिशेष कार्यक्रम ल्याउनुपर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले पुनर्वास लाई अपांग मैत्री नगरपालिका बनाउन आफ्नो बिशेष ध्यान रहेको कुरा बताउनुभयो । अपांग का क्षेत्रमा काम गर्ने संस्था तथा मातहतका कर्मचारीलाई पुनर्वास क्षेत्रमा अपांग को तथ्यांक संकलन तथा उनिहरूको स्तरिकरण गरि अपांग लाई राहत हुने बिषयका कार्यक्रम ल्याउन निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश ऐरी ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ति का निरिक्षक नरेशराज मल्ल समाजसेवी बिष्णुभक्त पौडेल , नेपाली काङ्ग्रेस पुनर्वास पुर्व सभापति यम प्रसाद पौडेल , वडा अध्यक्ष सुखदेब राना , पदमबहादुर रोकाया , मनोज जैसी सापकोटा , कृष्णबहादुर तामाङ पुनर्वास जनता मावि प्र अ मानबहादुर तामाङ , कार्यपालिका सदस्य शर्मिला श्रेष्ठ लगायत अतिथि रहेका थिए ।कार्यक्रम सञ्चालन विशेष कक्षा शिक्षक बिष्णु अर्याल ले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस