बेलौरी ,कञ्चनपुर,६ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट स्थित दुर्गा आधारभुत बिद्यालयको परिसर भित्र आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको हो । बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गर्नुभएको छ । ३९ लाखको लागतमा निर्माण हुने आधारभुत स्वास्थ्य केन्द्रको एक वर्ष पहिले ठक्का सम्झौता भए पनि जमिनको टुङ्गो नलागेपछि निर्माण कार्य रोकिएको र दुर्गा आधारभुत बिद्यालयले जमिन दिने निर्णय गरेपछि १ वर्ष भित्र २ कोठे भवन निर्माण कार्य सम्पन्न हुने र आधारभुत स्वास्थ्य केन्द्र सञ्चनलनमा आउने बेलौरी नगरपालिकाका सब ईन्जिनियर लोकेन्द्र जोशीले बताउनुभएको छ ।
यस्तै दुर्गा आधारभुत बिद्यालय संग समन्वय गरेर जमिनको टुङ्गो लागेपछि सबै वडा वासिले सामान्य स्वास्थ्य उपचार सेवा छिटै आधारभुत स्वास्थ्य केन्द्रबाटै पाउने बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भोजराज चौधरीले बताउनुभयो । स्थानिय सरकारले स्वास्थ्य सेवालाई स्थानियको पहुचमा पुरर्याउनको लागी प्रत्येक वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर सेवा दिईरहेको बेलौरी नगरपालिकाका सिनियर अहेव मान बहादुर चन्दले बताउनुभयो । बेलौरी नगरपालिकाका अन्य वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर सेवा दिईरहेको र वडा नम्बर ६ का जनताले पनि भवन निर्माणको कार्य सम्पन्न हुने बित्तिकै आधारभुत स्वास्थ्य केन्द्रबाट सबै स्वास्थ्य सेवाहरु पाउने बिश्वास लिएको बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले बताउनुभयो । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा ३९ लाखको लागतमा निर्माण हुने आधारभुत स्वास्थ्य केन्द्रको भवन निमार्णपछि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रवाह हुने स्वास्थ्य सेवा थप व्यवस्थित र गुणस्तरीय बन्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस