२०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

कञ्चनपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न यस पटक जनतामा उत्साह देखिएन


  • २०७९ मंसिर ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५२४ पाठक संख्या
  • कञ्चनपुर, ४ मंसिर ।  प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन सम्पन्न भएको छ। अघिल्लो निर्वाचन भन्दा अहिले ७ हजार १५५ मतदाता बढे तर, मतदाताको संख्या बृद्धि भएपनि मतदान भने उत्साहजनक रुपमा नभएको पाईएको छ । गत स्थानीय तह निर्वाचनमा ६५ प्रतिशत मत खसेपनि अहिले ६० प्रतिशत हाराहारीमा खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले अहिलेका रिर्पाटिङ्ग अनुसार ६० प्रतिशत हाराहारीमा मत खसेको बताए । अधिल्लो निर्वाचनमा ४ सय ७८ पदका लागि २ हजार १४१ उम्मेदवार चुनावी मैदानमा थिए, भने अहिलेको निर्वाचनमा ९ पदका लागि ८० मात्रै उम्मेदवार चुनावी मैदानमा थिए । उतिबेला २ लाख, ९५ हजार ३५४ र अहिले बढेर ३लाख, २५ हजार ९ मतदाता थिए । तर मतदाता बढेपनि मतदान भने मतदाता अनुरुप बृद्धि नभएपछि स्वयम दलपनि निरास भएका छन । स्थानीय तह निर्वाचनमा १३२ मतदान स्थलका ३४१ मतदान केन्द्र र अहिले स्थल उही र ५ मतदान स्थल बढेर ३ सय ४६ पुगेका छन । हरेक मतदान स्थलमा बिहानैदेखि मतदाताको उत्साहपुर्ण उपस्थिति देखिएको थिएन ।

    राजनीतिशास्त्रका जानकारहरुले दलहरुप्रति जनताको आशा अपेक्षा र विश्वास गुम्दै आएको बताएका छन । सुदूरपश्चिम विश्वविद्यालय राजनीतिशास्त्रका पुर्व प्राध्यापक डा. टेकराज पन्तले राजनीतिक दल, तिनका नेताप्रति जनताको विश्वास गुम्दै गएपछि मतदान कम खसेको बताए । ‘पछिल्ला दिनमा राजनीतिक दल, तिनका उम्मेदवारका कामकाज व्यवहारका कारण मतदातामा वितृष्णा जागेको छ, ‘उनले भने, ‘जनताले चाहेका पार्टीले उम्मेदवार अघि नसार्दा पनि अपेक्षित मत परिमाण खसेन ।’ चुनाव जितेपछि आफ्ना आसेपासे आफन्त पोस्नकै लागिलिप्त हुन थालेपछि नागरिक दलप्रति रुष्ट हुँदै गएको बताए । ‘राजनीतिशास्त्रका पुर्व प्राध्यापक पन्तले भने, ‘यसबाट दलहरुलाई पाठ सिकाएको छ ।’ मतदान उत्साहपुर्ण नदेखिएपनि शान्तिपुर्ण भयरहित ढङगबाट सम्पन्न भएको छ । हरेक मतदान स्थलमा सुरक्षा प्रबन्ध बलियो बनाईएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट