२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

दुबिधामा नपरी मतदान गर्न लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर १ को आह्वान


  • २०७९ कार्तिक २८, सोमबार मा प्रकाशित २ साल अघि
  • १३६ पाठक संख्या
  • कञ्चनपुर ,कार्तिक २८। लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन मूल समिति प्रतिनिधि सभा कञ्चनपुर क्षेत्र नम्बर १ ले कुनै दुबिधामा नपरी मतदान गर्न आह्वान गरेको छ ।
    केही दिन यता सामाजिक सञ्जालमा लोकतान्त्रिक बाम गठबन्धनका बिचमा भ्रम सृजना गर्ने र फाटो पार्ने बदनियत पूर्ण तरिकाले कु प्रचारबाजी गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको निर्वाचन परिचालन मूल समितिका संयोजक लोकेन्द्र लम्साले बताए ।

    सोमबार निर्वाचन परिचालन मूल समिति प्रतिनिधि सभा कञ्चनपुर क्षेत्र नम्बर १ ले पत्रकार सम्मेलनको आयोजना
    गर्दै लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर १ का साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रकी विना मगर प्रदेश सभा १-१ मा नेपाली काँग्रेसका बन्धु राना र १-२ मा नेपाली काँग्रेसका दिवान सिंह विष्टलाई कुनै प्रकारको दुबिधामा नपरी मतदान गर्न निर्वाचन परिचालन मूल समितिका सहसंयोजक गोपी प्रसाद उपाध्यायले आह्वान गरेका हुन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट