पुनर्वास ,कञ्चनपुर, २० कात्तिक । भारतीय सिमा नाका संग जोडिएको जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा विगत केही महिना यता मोटरसाइकल चोरीका घटना संगै सवारी दुर्घटनामा वृद्धि भएको छ । गत साता पुनर्वास नगरपालिका ७ च गाउँ आफ्नै घरबाट नरेन्द्र तामाङको सुदूरपश्चिम प्रदेश १-११-२६९८ को सुपर स्पेलण्डर बाईक चोरी भएको छ । यसैबिच गत साउन यता प्रहरीले चोरिका मोटरसाइकल, दुर्घटनामा परेका, ब्लुबुक तथा सवारीचालक अनुमतिपत्र नभएका विभिन्न कम्पनीका २३ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ भने थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका मोटरसाइकलहरू जिल्ला प्रहरी कार्यालय पठाउने तयारीमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस