२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

बेलौरी नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न 


  • २०८३ बैशाख ९, बुधबार मा प्रकाशित ६ दिन अघि
  • ३६० पाठक संख्या
  • माधब पौडेल,०९ वैशाख। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा बुधबार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।वडाध्यक्ष कलवीर चौधरीको अध्यक्षता, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, वर्तमान तथा निवर्तमान वडा सदस्य, वडा सचिव नमराज पौडेल,नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी,सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक सुरक्षा निकायका प्रतिनिधि, बजार व्यवस्थापन समिति विभिन्न कृषि शाखाका प्रतिनिधि,भलमन्सा, पधनाहरुको सहभागिता रहेको थियो।कार्यक्रममा वडा सचिव नमराज पौडेलले गत आर्थिक वर्षमा सम्पन्न भएका काम तथा चालु आर्थिक वर्षका योजनाबारे जानकारी दिनुभएको थियो। वडाध्यक्ष चौधरीले गत वर्ष २३ लाख ३३ हजार रुपैयाँ बजेटबाट विकास निर्माणका काम गरिएको र चालु आर्थिक वर्षका लागि ३४ लाख रुपैयाँ बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। उक्त बजेटबाट बिउबिजन खरिद र आँखा शिविर सम्पन्न भइसके पनि विकास निर्माणका केही काम अझै अघि बढ्न नसकेको बताउँदै कामलाई समयमै सम्पन्न गरी भुक्तानी लिन हुन आग्रह गर्नुभयो।

    कार्यक्रममा बोल्दै उपप्रमुख जोगराम चौधरीले सार्वजनिक सुनुवाइले स्थानीय सरकारलाई जनताप्रति थप जवाफदेही बनाउने बताउनुभयो। उहाँले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।सुनुवाइमा सहभागी स्थानीयले बजेट अभाव, कृषि मल–खादको समस्या तथा खानेपानी व्यवस्थापन सुधार गर्नुपर्ने विषय उठाएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट