२०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

बेलौरीमा विद्यालय स्तरीय मेयर कप टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिता सुरु 


  • २०८२ माघ १०, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५०९ पाठक संख्या
  • माधब पौडेल/हरिश्चन्द्र बाग,१० माघ।‘राष्ट्रका लागि खेलकुद; स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित बेलौरी नगर खेलकुद समितिद्वारा आयोजित बेलौरी नगरपालिका विद्यालय स्तरीय मेयर कप टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ ।कार्यक्रमको सभापति नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि बेलौरी नगरपलिका नगर प्रमुख पोतिलाल चौधरी, बिशिष्ट अतिथी बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीको सहभागिता रहेको थियो।उद्घाटन समारोहमा बोल्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले विद्यार्थी तहदेखि नै खेलकुदको विकासले स्वस्थ नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्नुपर्नेमा जोड दिँदै खेलकुद प्रतिभा पहिचान र प्रोत्साहनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो।

    नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेका अनुसार प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।प्रतियोगिताको पहिलो दिन सरस्वती माध्यमिक विद्यालय बुटावारी र जनज्योति माध्यमिक विद्यालय कलकत्ताबीच भएको खेलमा जनज्योति माविले सरस्वती माविलाई ९ विकेटले पराजित गरेको छ । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका जनज्योति माविका मुकेश विक म्यान अफ द म्याच घोषित हुनुभयो ।

    आयोजकका अनुसार भोलि हुने खेलमा पहिलो खेल बिहान १० बजे लिटिल गार्डन गोकुलपुर र लक्ष्मी माध्यमिक विद्यालय जब्दियाबीच हुने छ भने दोस्रो खेल दिउँसो १ बजे महाकाली माध्यमिक विद्यालय विद्यानगर र विज्डम एकेडेमी रिछाहाबीच हुने छ।यसैबीच, जिल्ला स्तरीय खेलकुदका लागि नगरपालिका भित्रका क्रिकेट खेलाडीहरूबाट छनौट गर्नुपर्ने भएकोले यही माघ १२ गते खुला मञ्चमा उपस्थित भइदिन हुन खेलाडीहरूलाई अध्यक्ष न्यौपानेले अनुरोध गर्नुभएको छ। कार्यक्रमको सहजीकरण नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट