माधब पौडेल, १० माघ। कञ्चनपुरको बेलौरी नगरपालिकाको सभाहलमा शिक्षा सिकाइ तथा समन्वय इकाई कञ्चनपुरको आयोजनामा शनिबार शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक माध्यामिक विद्यालय प्रधानाध्यापक संगको एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभापति शिक्षा सिकाइ तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरी, जिल्ला समन्वय समितिका सभापति दुर्गादत्त बोहरा, बिशिष्ट अतिथि प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी,अतिथिमा कार्यपालिका सदस्य कृष्णभान चौरसिया, बेलौरी नगरपालिकाकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट,लगायत पुनर्वास,लालझाडी र बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी केन्द्रित सिकाइ, शैक्षिक योजना निर्माण,अनुशासन र शिक्षक–विद्यार्थी सम्बन्ध,शिक्षामा नैतिक मूल्यको महत्व तथा विद्यालयलाई परिणाममुखी बनाउने उपायका विषयमा योगाचार्य सुरेन्द्र ओझाले प्रशिक्षण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले स्थानीय सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक स्रोत साधन निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति दुर्गादत्त बोहराले सामुदायिक विद्यालयको सुदृढीकरणमा स्थानीय तह र शिक्षा निकायबीचको सहकार्य आवश्यक रहेको बताउँदै सामुदायिक विद्यालय मजबुत भए मात्र समग्र शिक्षा प्रणाली बलियो बनाउन सकिने बताउनुभयो।
कार्यक्रमको समापनमा बोल्दै सभापति तथा शिक्षा, सिकाइ तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सामुदायिक विद्यालयको गुणस्तर सुधार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै विद्यालयको भौतिक संरचना मात्र होइन,शिक्षण–सिकाइको गुणस्तर सुधार नगरी शैक्षिक उपलब्धि बढाउन नसकिने बताउनुभयो।प्रमुख गिरीका अनुसार प्रधानाध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताउनुभयो।कञ्चनपुर क्षेत्र नम्बर १ अन्तर्गतका ४० वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस