२०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

गौरीगंङ्गामा माघ २३ गतेदेखि महोत्सव हुने


  • २०८२ माघ १०, शनिबार मा प्रकाशित १ महिना अघि
  • ३८० पाठक संख्या
  • घनश्याम पौडेल,१० माघ,।कैलाली, गौरीगंङ्गा नगरपालिकामा महोत्सव संचालन हुने भएको छ।गौरीगंङ्गा उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ २३ गतेदेखि औंद्योगिक,व्यापार,कृषि तथा पर्यटन मेला “गौरीगंङ्गा महोत्सव २०८२” हुने भएको हो। शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ।करिब तीस लाखको लागतमा आयोजना हुने महोत्सव फागुन ५ गतेसम्म –गौरीगंङ्गा नगरपालिका ८ मसुरिया बजारमा सञ्चालन हुने संघका अध्यक्ष खेमानन्द पौडेलले जानकारी दिनुभयो।महोत्सवका लागि उद्योग बाणिज्य संघ पुर्ण तयारी अवस्थामा रहेको बताउँदै पौडेलले महोत्सवबाट स्थानीय र बाह्रय व्यापारीक गतिविधिहरुलाई प्रवर्द्धन गर्दै नयाँ बजार खोज्न र पर्यटकीय क्षेत्रको पहिचान स्थापना गरि नगरपालिकाको आर्थिक, सामाजिक व्यवसायिक कृषि, उद्योग पर्यटन खेलकुद र सांस्कृतिक पक्षलाई उजागर गर्दै आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखिएको बताएका छन् ।

    स्थानीय कला, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान दिएका तथा सम्भावना भएका स्थानीय कलाकारलाई प्राथमिकता दिने, उद्यमी, व्यवसायी र स्थानीय उत्पादनलाई महोत्सवमा विशेष महत्व दिइने बताउनुभयो।महोत्सवमा १५० सम्म स्टल रहने बताउँदै सुरक्षा व्यवस्थालाई प्रविधिक तथा समयसापेक्ष अनुसारको चुस्त व्यवस्था मिलाईने आयोजकले जनाएको छ। “समुन्नत गौरीगंङ्गाको आधार शिक्षा,स्वास्थ,खेलकुद,कृषि पर्यटन, उद्योग र व्यापार” मुल नारा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट