२०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

लालझाडी गाउँपालिकाको १९औँ गाउँ सभा अधिवेशन : तीन कार्यविधि सर्वसम्मत पारित, दुई माथि छलफल गरिने 


  • २०८२ पौष २४, बिहिबार मा प्रकाशित २ महिना अघि
  • २७४ पाठक संख्या
  • माधब पौडेल/हरिश्चन्द्र बाग,कञ्चनपुर, २४ पुस । कञ्चनपुरको लालझाडी गाउँपालिकाको १९ औँ गाउँ सभा अधिवेशनबाट तीन वटा कार्यविधि सर्वसम्मत पारित गरिएका छन् भने एउटा विनियोजन ऐन माथिको संसोधन प्रस्ताव र दुई वटा प्रस्तावमाथि छलफल गरिने बताइएको छ ।हिउँदै अधिवेशनमा छूटपुट भएका योजनाहरु प्रस्तुत गर्दै पालीकाले गरेका प्रगति विवरण लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले सभा समक्ष राख्नुभएको थियो।अधिवेशनले विकासलाई अझ व्यवस्थित, उत्तरदायी र जनमुखी बनाउन महत्वपूर्ण भूमिका रहने उपाध्यक्ष रानाले बताउनुभयो।

    बिहीबार गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित गाउँ सभाको पहिलो बैठकबाट लालझाडी गाउँपालिकाको विनियोजन ऐन २०८२ माथिको संशोधन प्रस्ताव, गाउँ सभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८२, लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२ र बेरुजु फर्छ्यौट कार्यविधि २०८२ सभा समक्ष प्रस्तुत भई निर्णयार्थ पेस गरिएका ती चार वटै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।यस्तै, बैठकमा जनस्वास्थ्य सम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२ पनि सभामा प्रस्तुत गरिएका छन् । ती विधेयकको सैद्धान्तिक पक्षमा केही दिन छलफल गर्ने निर्णय भएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट