
कैलाली,२४ पौष।कैलालीको जोशिपुरका क्रियाशील पत्रकार खेमराज जोशीलाई नेपाल जेसीजअन्तर्गत जोशीपुर जेसीजद्वारा बिहीबार सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको हो।

लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा आम नागरिकका आवाजलाई सशक्त रूपमा उजागर गर्न पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै समाज रूपान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप जोशीलाई जोशीपुर जेसिज बर्ष २०२५ को टिम द्वारा सम्मान गरिएको जोशीपुर जेसीजले जनाएको छ।
सम्मान–पत्रमा जोशीले निष्पक्ष, साहसी र जिम्मेवार पत्रकारितामार्फत सत्य, तथ्य र जनहितका विषयलाई उजागर गर्दै पत्रकारिताको गरिमा उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउन उनका लेखन तथा समाचार सामग्री प्रभावकारी रहेको पनि प्रशंसा गरिएको छ।जोशीपुर जेसीजले आगामी दिनमा पनि पत्रकार जोशीबाट अझ जिम्मेवार, प्रभावकारी र नैतिक पत्रकारिताको अपेक्षा गर्दै निरन्तर सफलताको कामना गरेको छ। पत्रकार जोशी अनलाइन टिभि पत्रकार संघ नेपाल सुदुर पश्चिम प्रदेश समितिका उपाध्यक्ष समेत रहनुभएको छ।
प्रतिक्रिया दिनुहोस