माधब पौडेल, ११ पौष।ज्येष्ठ नागरिक समाज नेपाल,बेलौरी नगर कार्यसमिति आयोजनामा १५ औं जेष्ठ नागरिक स्थापना दिवसको अवसरमा बेलौरी नगरपालिका भित्र रहेका ८५ वर्षदेखि ८७ वर्षसम्मका ७० जना जेष्ठ नागरिकलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ।कार्यक्रमको स्वागत मन्तव्य जेष्ठ नागरिक समाज नेपाल बेलौरी नगर कार्यसमितिका उपाध्यक्ष भुवेश्वरी चन्दले गर्नुभएको थियो।
कार्यक्रमको सभापति ज्येष्ठ नागरिक समाज नेपाल,बेलौरी नगर कार्यसमितिका अध्यक्ष दानी सिंह राना, प्रमुख अतिथि ज्येष्ठ नागरिक समाज नेपाल बेलौरी नगर कार्यसमितिका सल्लाहकार संयोजक प्रेम सिंह बोहरा, बिशिस्ट अतिथी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी,अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलविर चौधरी,वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ,बेलौरी नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्ट,बुद्धिजीवी समाजसेवी फुलचरण चौधरी,बेलौरी युवा सञ्जालका अध्यक्ष विष्णुदत्त अवस्थी लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
ज्येष्ठ नागरिक समाज नेपाल, बेलौरी नगर कार्यसमितिको आयोजनामा अग्रज जेष्ठ नागरिकहरु, प्रमुख अतिथि विशिष्ट अतिथि, अतिथिहरु,दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा अनुपस्थित भएका जेष्ठ नागरिकलाई वडा कार्यालय मार्फत सम्मान गरिने ज्येष्ठ नागरिक समाज नेपाल,बेलौरी नगर कार्यसमितिका अध्यक्ष दानी सिंह रानाले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक समाज नेपाल बेलौरी नगर कार्यसमितिका सल्लाहकार संयोजक प्रेम सिंह बोहरा,ज्येष्ठ नागरिकप्रति सम्मान र संरक्षण गर्नु स्थानिय तहले संरक्षण गर्नुपर्ने दायित्व रहेको बताउँदै दायित्व रहेको बताउँदै नगरपालिकाले जेष्ठ नागरिकलाई लागि वर्षेनी बजेट थप गर्दै लैजानुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जेष्ठ नागरिकलाई वडा, नगरपालिका हुँदै सरोकारवाला निकाय सहयोग गर्नुपर्ने बताउँदै आफनो वडाले प्रत्येक वर्ष जेष्ठ नागरिक न्यानो कपडा वितरण गर्दै आइरहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कलवीर चौधरीले जेष्ठ नागरिकका लागि आफूले पनि वडाबाट प्रत्येक वर्ष विनियोजित गर्दै आइरहेको बताउनुभयो।
कार्यक्रमका बोल्दै विशिष्ट अतिथि बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश बहादुर बुढाथोकीले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र मार्गदर्शन मनन गर्न आवश्यक रहेको बताउँदै आफूले ज्येष्ठ नागरिक हरुलाई नीति तथा कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताउनुभयो।
कार्यक्रमको समापनमा बोल्दै सभापति दानी सिंह रानाले कार्यक्रम आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै जेष्ठ नागरिक समाज नेपाल बेलौरी नगर कार्यसमितिलाई आवश्यक बजेट विनियोजित गरेकोमा समेत बेलौरी नगरपालिका कार्यालयलाई धन्यवाद व्यक्त गर्दै यो कार्यक्रमले समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मानको भावना अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण समाजसेवी बुद्धिजीवी केशव कँडेलले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस