धनबहादुर बि क,२९ मंसिर। पुनर्वास नगरपालिका वडा नम्बर ६मा रहेको युगज्योति एकेडेमी माध्यमिक बिद्यालयको २८ औं बार्षिक उत्सव तथा अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन समारोह सम्पन्न भएको छ ।
बिद्यालयका संस्थापक अध्यक्ष बिश्वनाथ बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर उप प्रमुख शारदा बिष्ट धामी त्यसैगरी बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामा,पुनर्वासका युवा बैज्ञानिक प्रकाश गैरे, अतिथि मा वडा सदस्य ठाकुर अम्गाई,दया गुरूङ तथा आम अभिभावक लगायत रहेका थिए ।
कार्यक्रमकि प्रमुख अतिथि पुर्व नगर उप प्रमुख शारदा बिष्ट धामीले पुनर्वासमा विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल युग ज्योति एकेडेमी माविले आगामी दिनहरूमा अझ सफलता हासिल गरोस भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा युवा वैज्ञानिक प्रकाश गैरेलाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो।विज्ञान,प्रविधि तथा स्टिम क्षेत्रमा उनलेे पुर्याउदै आएको कार्यलाई थप प्रोत्साहन होस भन्ने उदेश्य सहित सम्मान गरिएको बिद्यालयका प्रिन्सिपल खेमराज श्रेष्ठले बताउनुभयो ।

बिद्यालयले गरेको सम्मानले मेरो आगामी समयमा STEM तथा वैज्ञानिक यात्रालाई अझै ऊर्जावान, प्रेरणादायी र जिम्मेवार बनाएको भन्दै युवा वैज्ञानिक गैरेले बिद्यालय प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन।कार्यक्रममा बालबालिकाहरूले बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बिध्यार्थिलाई मेडल तथा स्टेसनरी सहित पुरस्कृत गरिएको बिद्यालय सञ्चालक समिति सदस्य रूपेश खरेलले जानकारी दिनुभयो।बिद्यालयकि शिक्षिका शान्ति जेठाराले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कर्णदेव भट्टले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस