२०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

जनताको समस्या बुझ्न घरदैलोमा कांग्रेस युवा नेता उपाध्याय, कञ्चनपुर क्षेत्र नं. १ का ३२ वडामा पैदल यात्रा सुरु 


  • २०८२ मंसिर २८, आईतबार मा प्रकाशित ३ महिना अघि
  • ३३१ पाठक संख्या
  • पुनर्वास, २८ मङ्सिर।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मदन राज उपाध्यायले जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या बुझ्ने उद्देश्यसहित आफ्नो निर्वाचन क्षेत्रका चार पालिकाका ३२ वडामा पैदल यात्रा शुरू गरेका छन् ।आईतबार पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उपाध्यायले जेन–जी आन्दोलनपछिको बद्लिँदो राजनीतिक र मनोसामाजिक अवस्थालाई आत्मसात गर्दै आशा, सम्भावना र समाधान खोज्ने अभियानका रूपमा पैदल यात्राको घोषणा गरेका हुन् । उपाध्यायले पैदल यात्राका क्रममा किसान, श्रमिक, शिक्षक, बुद्धिजीवी,महिला,जेष्ठ नागरिक,युवा तथा सीमान्तकृत समुदायसँग प्रत्यक्ष साक्षात्कार गर्ने बताउनुभयो। नागरिकका आवाज लेख,रचना र बहसका माध्यमबाट पार्टी र राज्यको दैलोसम्म पुर्‍याउने उद्देश्य रहेको उल्लेख गर्नुभयो।कञ्चनपुर क्षेत्र नम्बर १ लाई कृषि,रोजगारी,शिक्षा,स्वास्थ्य र समृद्धिको हव बनाउने लक्ष्यसहित काम गर्ने समेत बताउनुभयो।

    पैदल यात्रा कुनै पद,प्रभाव वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको जीवन,समस्या र समाधान खोज्ने पवित्र अभियान भएको स्पष्ट पार्दै अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूबाट सुझाव र साथको अपेक्षा समेत राख्नुभयो।कार्यक्रमको अन्त्यमा सुशासन,पारदर्शिता,उत्तरदायी नेतृत्व र नागरिक सहभागितामै दिगो,आत्मनिर्भर र समुन्नत राष्ट्र निर्माण सम्भव हुने विश्वास व्यक्त गर्दै पैदल यात्रा डोकेबजारबाट शुरु गर्नुभएको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट