२०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

बेलौरी:लक्ष्मी मावि जबदियाको ६१औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


  • २०८२ मंसिर २१, आईतबार मा प्रकाशित ३ महिना अघि
  • ५९५ पाठक संख्या
  • बेलौरी, २१ मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय जबदियाले आफ्नो ६१औं वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार विविध कार्यक्रम गरी भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज शाही, प्रमुख अतिथि बेलौरी नगरपालिकाका वडा नम्बर २का वडाध्यक्ष कलबिर चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट, छिमेकी विद्यालयका प्रधानाध्यापक, समाजसेवी बुद्धिजीवी सुरक्षाकर्मी लगायत अभिवावकको। उपस्थिति रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य बिधालयका +२ पूर्णकालीन शिक्षक नरेश सिंह पन्तले गर्नुभएको थियो।कार्यक्रममा बिधालयको वार्षिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलविर चौधरीले बिद्यालयको ६१ औं बार्षिकउत्सव सफलताको शुभकामना दिँदै बिद्यालयको भौतिक पुर्वाधार लगायत शैक्षिक क्षेत्रको गुणस्तरका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो।कार्यक्रममा बोल्दै सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज शाहीले विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै भविष्यमा समयानुकूूल पाठ्यक्रम, अनुशासित शिक्षा र प्रविधिमैत्री बनाउँदै लैजाने समेत बताउनुभयो।

    कार्यक्रममा राना नृत्य, चौधरी नृत्य, मगर नृत्य, देउडा लगायतका विविध सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो।कार्यक्रममा चुडामणी कान्तीदेवी अक्षयकोषबाट जनही ८००० का दरले दुई जना र जनही ४००० का दरले पाँच जना गरि जम्मा सात जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।कार्यक्रमको सञ्चालन शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट