माधब पौडेल,२८ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रमको सभापति सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सिंह बिष्ट, प्रमुख अतिथि बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशी, विशिष्ट अतिथि सेयर सदस्य भोजराज चौधरी,लगायत संस्थाका सञ्चालक समिति प्रतिनिधि,लेखा समिति सदस्य,कर्जा व्यवस्थापन समितिहरुको सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका लेखा संयोजक शेर सिंह भण्डारीले राख्नुभएको थियो।

साधारण सभामा संस्थाका अध्यक्ष सुरेन्द्र सिंह बिष्टले आर्थिक वर्ष २०८१/०८२को कुल आयव्यय २ करोड ६१ लाख १५ हजार ५ सय १७ रुपैयाँ ११ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो। संस्थाले दैनिक,मासिक खुत्रुके बचतमाफर्त बचत संकलन गर्दैआइरहेको समेत अध्यक्ष बिष्टले बताउनुभयो।संस्थाले आफ्नो संस्थामा सदस्य रहेको व्यक्तिको मृत्यु भए पश्चात् क्रियाखर्च,संस्थाका महिला सदस्यहरुको हकमा २ वटा सन्तानसम्म जन्माउने सदस्यहरुलाई सहयोग गर्दैआइरहेको समेत बताउनुभयो। संस्थाले कृषि प्रयोजनका लागि मलखाद लगायत बीउबिजन सहुलियत दरमा दिँदै आएको छ।संस्थामा ३ सय ९२ जना सेयर सदस्य रहेको सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापक जयसरा के सीले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै सेयर सदस्य भोजराज चौधरीले सहकारीले स्थानीय कृषकलाई दिँदै आएको सहयोग र सेवाको प्रशंसा गर्दै अझ प्रभावकारी योजनासहित अघि बढ्नुपर्ने धारणा राख्नुभयो।आर्थिक वर्ष २०८१/०८२ को लेखा सुपरिक्षण प्रतिवेदन संस्थाका लेखा समिति संयोजक शेर सिंह भण्डारीले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिका कृषि विकास शाखा प्रमुख सुमनराज जोशीले सहकारी संस्थाहरूलाई नगरपालिका स्तरबाट आवश्यक सहयोग प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउँदै सहकारीका लागि नगरपालिकाको कृषि विकास शाखाले गर्नुपर्ने सहयोगमा सदैव रहने बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि,अतिथिहरु लाई मायाको चिनो प्रदान गरिएको थियो।१४औं बार्षिक साधारणबाट नयाँ नेतृत्व चयन गर्नेछ।कार्यक्रम सञ्चालन सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका सचिव सुरेन्द्र बडुले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस