धर्मराज कठायत,२७ कार्तिक।कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेकोे छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले नेपाल पत्रकार महासंघका जिल्ला धामीलाई उपचार खर्च दिएको हो ।

बिहीबार एक कार्यक्रमका विच एलबिएले बिरामी पत्रकार धामीको उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायालाई २५ हजार बराबरको चेक हस्तान्तरण गरेका छन।नागरिकको सुचनाका लागि अहोरात्र खटिने पत्रकार धामीकोे उपचारका लागि विद्यालयका तर्फबाट सक्दो आर्थिक सहयोग गरेको बताउनुभयो।समाजसेवी समेत रहेका एलबिएका प्रिन्सिपल मौनीले समाजिक क्षेत्रमा कार्यरत पत्रकारलाई संकट परेका बेला विद्यालयका तर्फबाट सक्दो सहयोग गरेको बताउनुभयो। प्रिन्सिपल मौनीले आगामी दिनमा समेत सक्दो सहयोग गर्ने बाचा गरेका छन। पत्रकार महासंघ कञ्चनपुरले एलबिएका मौनी सहित हालसम्म अध्यक्ष धामीको उपचारका लागि सहयोग गर्ने महानुभावहरुप्रति आभार प्रकट गरेका छन।केही सातादेखि शिकिस्त बिरामी भएका पत्रकार धामीको नेपालका अस्पतालमा उपचार सम्भव नभएपछि भारतीय राजिवगान्धी क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष कुण्दनराज पाण्डेयले स्वदेश तथा विदेशमा रहेका महानुभावहरुलाई सहयोगका लागि अपिल गरेका छन ।
प्रतिक्रिया दिनुहोस