२०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

बेलौरीमा नगरपालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न


  • २०८२ भाद्र २२, आईतबार मा प्रकाशित ६ महिना अघि
  • ३७४ पाठक संख्या
  • माधब पौडेल,२२भाद्र।सिएसी नेपाल र बेलौरी नगरपालिकाको साझेदारीमा UNFPA को आर्थिक सहयोगमा सञ्चालित सशक्त महिला समृद्धि नेपाल कार्यक्रम अन्तरगत आईतबार पालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न भएको छ।बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यतामा बेलौरी नगरपालिकाको महिला बालबालिका शाखा प्रमुख विमला बजगाईं, बेलौरी नगरपालिका वडा नम्बर ८.९ र १०का वडाध्यक्ष,पालिकाका विभिन्न शाखाका प्रमुख शान्ति पुनर्स्थापना गृहका प्रतिनिधि,साथी,पिसविन,टिपीओ लगायतका साझेदार संस्थाहरुको सहभागिता रहेको थियो।

    बेलौरी नगरपालिकाको वडा नम्बर ८.९ र १० मा सञ्चालनमा रहेको छ। बेलौरी नगरपालिकाले दुई जना सामुदायिक मनो सामाजिक कार्यकर्ता मार्फत कार्यक्रम गर्दै आइरहेको सि एम सी नेपालका वरिष्ठ मनो सामाजिक परामर्शकर्ता जानकी चन्दले जानकारी दिनुभयो। विगत एक वर्षदेखि कञ्चनपुरको जिल्ला भिमदत्त नगरपालिका र बेलौरी नगरपालिका संचालनमा छन् संस्थाले समुदायमा र विद्यालयमा लैङ्गिक हिंसा र सेवा प्रदायक निकाय सम्बन्धित जनचेतनामूलक कार्यक्रम,ocmc सेवा बारे जानकारी, लैङ्गिक हिंसा प्रभावित पहिचान तथा प्रेषण सम्बन्धी चारवटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवकलाई तालिम, लैङ्गिक हिंसा भै मानसिक स्वास्थ्यमा समस्या भएका प्रभावित लाई मानसिक रोग विशेषज्ञबाट उपचार सेवाहरु प्रदान गर्दै आइरहेका छ।

    अहिलेसम्म ocmc मा पुगेका संख्या ३१८जना जसमध्ये बेलौरी नगरपालिकाबाट ५१जनाले सेवा प्राप्त गरेका, समुदायमा सचेतनामुलक कार्यक्रमबाट सामुदायिक मनो सामाजिक कार्यकर्ताले १३७ जना पहिचान गरी सेवा उपलब्ध गराएको छन् तिनै वटा वडामा १३हजार ४ सय ४० जनालाई लैङ्गिक हिंसा सेवा प्रदायक निकायको जानकारी लैङ्गिक हिंसाका असर प्रभाव बारे जानकरी गराइएको थियो।

    कार्यक्रम अन्तर्गत संस्थाले एकवर्षमा गरेका उपलब्धिहरू लैङ्गिक हिंसा निवारण बाट आर्थिक सहयोगका लागि ३जना प्रभावितका लागि पालिका संग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको , सीपमुलक तालिमजा लागि ८ जनालाई समन्वय गरी जसमध्ये बेतबासमा ३जना,खाजा नास्तामा ५ जना, सिलाई कटाइमा २जना ,नागरिकता बनाउनमा २ जना,औषधि उपचारमा ४ जना, लाई सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरी सेवा उपलब्ध गराएको छ। समुदाय स्तरमा काम गर्दै जाँदा देखिएका समस्या र चुनौतीहरु लैङ्गिक हिंसाले गर्दा मानसिक समस्या बढ्दै गएको, आर्थिक अभावका कारण उपचार गर्न नसकेको, औषधिलाई निरन्तरता दिन नसकेको,घर परिवारले वास्ता नगर्ने, घरपरिवार र सामाजिक कारण सेवा प्रदायक निकाय संग जान नसक्दा प्रभावितको अवस्था जोखिमपूर्ण रहेको सि एम सी नेपालका वरिष्ठ मनो सामाजिक परामर्शकर्ता जानकी चन्दले जानकारी दिनुभयो।

    सहकार्य बैठक बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले यसभन्दा पहिला सशक्त महिला समृद्धि नेपाल संस्था आउन पूर्व यस्ता समस्याबारे धेरै जानकारी नभएको,सामुदायिक मनो सामाजिक कार्यकर्ताबाट समुदायमा भएका लैङ्गिक हिंसा, मानसिक समस्याको विषयमा धेरै जानकारी प्राप्त भएको बताउँदै लैङ्गिक हिंसा तथा मानसिक समस्याको पहिचान गर्न जरुरी रहेको बताउनुभयो। विकास निर्माणमा मात्र नभई समाजमा हुने लैङ्गिक हिंसा,मानसिक समस्यालाई सही तरिकाले नियालेर पहिचान गर्न सके न्यूनीकरणमा मद्दत पुग्ने बताउनुभयो।

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट