२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

उज्यालो नेपाल पार्टीले पुनर्वासमा कार्यालय खोलेर निर्वाचन क्षेत्र नं. १ मा अभियान सुरु


  • बेलौरी अनलाईन
  • २०८२ माघ १३, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ३४३ पाठक संख्या
  • किशोर कुमार तामाङ्ग,१३माघ।कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ।

    पुनर्वास नगरपालिका अन्तर्गत आईबीआरडी बजारस्थित प्रकाश मोटरसाइकल ग्यारेज नजिकै पार्टीको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार माईकल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    उक्त कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि माईकल तामाङले उज्यालो नेपाल पार्टी जनमुखी, सुशासन, पारदर्शिता र समावेशी विकासको एजेन्डा बोकेको राजनीतिक दल भएको बताउनुभयो। उहाँले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का नागरिकहरूको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टीले चुनावी अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले पुनर्वास नगरपालिकामा नगर कमिटी गठन गरेको छ। पार्टीले सुनिल कुमार तामाङको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी चयन गरेको हो। गठित नगर कमिटीले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पुनर्वास नगरपालिकाका मतदाताहरूबीच पार्टीको नीति, कार्यक्रम र उम्मेदवार माईकल तामाङको पक्षमा व्यापक प्रचार–प्रसार गर्ने जिम्मेवारी पाएको छ।

    नगर कमिटीका अध्यक्ष तथा संयोजक सुनिल कुमार तामाङले उज्यालो नेपाल पार्टीले वैकल्पिक र परिवर्तनमुखी राजनीतिलाई अगाडि बढाउँदै युवाको सहभागिता, रोजगारी सिर्जना, स्थानीय विकास र सुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले रातदिन नभनी पुनर्वास नगरपालिकाका सम्पूर्ण टोल–टोलमा पुगेर मतदातालाई उज्यालो नेपाल पार्टीको विचार र उम्मेदवार माईकल तामाङको कार्यक्रमबारे जानकारी गराइनेछ,भन्दै चुनावी अभियानलाई सशक्त रूपमा अघि बढाइने जानकारी दिनुभयो।

    उज्यालो नेपाल पार्टीले मुलुकमा देखिएको राजनीतिक निराशा, भ्रष्टाचार र बेरोजगारीको अन्त्य गर्दै पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व निर्माण गर्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको बताइएको छ। पार्टीले स्थानीय तहदेखि केन्द्रसम्म नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै देशमा सकारात्मक परिवर्तन ल्याउने दाबी गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट