२०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

बेलौरी नगरपालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ सम्पन्न


  • २०८२ कार्तिक १७, सोमबार मा प्रकाशित १ महिना अघि
  • ५४१ पाठक संख्या
  • बेलौरी, १७ कार्तिक।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ ले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बेलौरी वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा बेलौरी नगरपालिकाका विभिन्न शाखाका प्रमुख, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी,भलमन्सा,समाजसेवी,बुद्धिजीवी लगायत सरोकारवालाको उपस्थिति थियो।सुनुवाइका क्रममा स्थानीयहरूले ज्येष्ठ नागरिकलाई वितरण गरिने सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमै वितरण गर्नुपर्ने माग राख्दै बैंकसम्म पुग्नुपर्ने झन्झट र लामो दूरीका कारण वृद्धवृद्धालाई समस्या हुने बताएका थिए।त्यस्तै किसानहरूले धानको उचित मूल्य नपाएको गुनासो गर्दै सरकारले तोकेको मूल्यमा खरिद गर्न बेलौरीमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो स्थापना गर्नुपर्ने माग राखेका थिए। किसानहरुलाई आवश्यक परेको बेला रासायनिक मल अभाव भएको भन्दै नगरपालिकाको कृषि शाखाले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए।पञ्जीकरण शाखाका प्रमुख कुमार सिंह नगारीले स्थानीयको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै बैंकहरूसँग समन्वय गरेर आगामी त्रैमासिकदेखि सामाजिक सुरक्षा भत्ता टोल–टोलमै वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कृषि शाखाले किसानका मागलाई सम्बोधन गर्न सम्बधित निकायमा मल आपूर्तिको समस्या समाधानका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएको छ।वडाध्यक्ष प्रकाश श्रेष्ठले वडाबासीले दिएको सुझावलाई मनन गरी मार्गदर्शकका रूपमा लिने बताउँदै वडा कार्यालय जनताको नजिकको सरकार हो। नगरपालिकाबाट विनियोजित गरिएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको बताउँदै वडाको विकासका लागि प्रदेश र केन्द्र सरकारसंग आवश्यक समन्वय गरिरहेको बताउनुभयो।सुनुवाइ कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखाका फोकल पर्सन अशोक पाण्डेयले गर्नुभएको थियो।

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट