बैलौरी, १६ कार्तिक।जेन जी समूह बेलौरीले माग राखेको बेलौरीमा रहेको संविधान चोक लाई जेन जी चोक राख्नुपर्ने धारणा सहितको ज्ञापनपत्रको विषयमा बेलौरी नगरपालिका कार्यालयले जेन जी समूह बेलौरी र सर्वपक्षिय वार्ताको प्रत्यक्ष प्रसारण गर्न नदिएको भन्दै वार्ता बहिष्कार गरेका छन्।

आइतबार बेलौरीमा जेनजी चोक स्थापना गर्ने विषयमा जेनजी समूह, राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरोकारवाला बीच सर्वदलीय बैठक चलिरहेका बेला बैठकमा एमाले नगर अध्यक्ष नवराज शाहीले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूलाई सहिद नभई लुटपाट गर्न गएका चोर र अराजक भन्दै अपमान गरेको जेनजीका बेलौरी उप संयोजक विष्णूदत्त अवस्थी बताउनुभयो।उप संयोजक अवस्थीका अनुसार अब हामी अनिश्चितकालका लागि कुनै बैठकमा सहभागी नहुने निर्णय गरेको समेत बताउनुभयो।सो निर्णयबारे जेनजी बेलौरी संयोजक केशव कुमार बोहराले जारी गरेको विज्ञप्तिमा एमाले नगर कमिटी अध्यक्ष नमराज शाहीले जेन जी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिद प्रति लगाएको आरोपको गम्भीर घोर भर्त्सना गरेको छ।
सो विषयमा जानकारी लिँदा नेकपा एमाले नगर अध्यक्ष शाहीले भने जेनजी समूहले लगाएको आरोप गलत भएको बताउँदै मैले जेनजी र सहिदको अपमान गरेको होइन जेनजीका नाममा लुटपाट गर्ने र आगजनी मच्चाउनेहरूकै विषयमा कुरा उठाएको बताउनुभयो।अध्यक्ष शाहीले आफूले सहिदको अपमान नगरी जेनजीको नाममा भएका अराजक गतिविधि र लुटपाटको प्रसंग मात्र उठाएको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस